परिवर्तन गर्न समाजसेवी चौधरीलाई लहानको मेयर बनाउनु पर्ने स्थानीयको माग

रिपोर्ट नेपाल | 2021 Nov 08 | 08:44 am 2841

  • महेश सिंह

सिरहा, कात्तिक २२ः सिरहाको लहान नगरपालिकामा विकास गर्न समाजसेवी तथा नेपाली काङ्ग्रेसका महासमिति सदस्य महेश चौधरीलाई आउने चुनावमा मेयर बनाउनु पर्ने गाउँ–गाउँमा ब्यापक चर्चा भई रहेको छ।

लहानमा विकास जिउका तिउ रहेको र विकासको नाममा बिनास भएको स्थानीयको भनाई छ। लहानका मेयर मुनि साहको चुनावी एजेन्डा हाम्रो लहान समृद्ध लहान, फोहरबाट मोहर, घरको अगाडी फोहर हैन फुल रोपौ, लहानलाई स्मार्ट सिटी बनाउने कल्पना अधुरोनै रहेको देखिन्छ। लहानका मेयर विकास बाधक रहेको जनगुनासो रहेको छ।

आफ्नो चुनावी एजेन्डा आनुसार साह लहान मेयरका लागि उपयुक्त ब्यक्ति नरहेको र साहले जनसमुदायमा दिएको विश्वास सबै झुठा भएको स्थानीयबासी बताउँछन्।

लहान नगरपालिकाको विकास र लहानलाई समृद्धमा रुपान्तरण गर्न समाजसेवी महेश चौधरीलाइ नै लहान नगरपालिकाको मेयर बनाउनु पर्ने चोक चौराहा र गाउँ–गाउँमा व्यापक चर्चा चलीरहेको छ । नेता चौधरीले समाजसेवा गर्दा गर्दै श्रीमती संगिता कर्माचार्य र भाई दिपेन्द्र सिंहलाई गुमाएको कुरा समाजमा जानकार नै रहेको छ।

नेता चौधरीले स्वर्गीय संगीता स्मृति प्रतिष्ठानद्धारा निरन्तर समाजसेवा गर्दै आएका छन् । यो बर्ष स्वर्गीय संगीता स्मृति प्रतिष्ठानद्धारा सिरहाका एकजना शकृय पत्रकारलाई ५१ हजारको धनरासीको पुरुस्कार दिने भएको छ। नेपाल पत्रकार महासंघ सिरहाको अध्यक्ष मनोज बनैता यादव लगायत कार्यसमितिको निर्णय अनुसार नाम छनोट गर्ने भएको छ।

नेता चौधरीले समाज सेवामा काम गर्दा नजिकको दुई जना गुमाएका छन्। श्रीमती र भाई गुमाए पनि सामाजसेवा गर्न पछाडि कहिले नहटने र आफू जिवनप्रान्तसम्म समाजसेवा मै रहने बताए।

कोरोना महामारीको बेला समाजसेवी चौधरी र स्वर्गीय संगीता कर्माचार्यले गरीब दलित र निमुखा बस्तीमा घर–घर गएर आफ्नै परिवार सम्झेर खाद्यन्न सहयोग गरेका थिए।

आउने चुनावमा समाजसेवी महेश चौधरीलाई लहानका मेयर बनाइएन भने विकासको नाममा लहान कयौं बर्ष पछाडि धकेलिने आम जनसमुदायको भनाई रहेको छ।

समाजसेवी चौधरीका अनुसार आफू मेयर बने पछि लहान नगरपालिकाका एक हजार युवालाई नगरपालिकाको खर्चले वैदेशिक रोजगारीको लागि पठाउने र शिक्षा स्वास्थ र रोजगार र ५०० सय दलित बस्तीको निर्माण गर्ने बताए। मेयर हुँदा आफू राम्रो भुमिका निर्वाह गर्ने पत्रकार समेलनमा प्रतिबद्धता जनाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.