सल्यानमा बस दुर्घटना हुँदा ८ को मृत्यु, २६ घाइते

| 2021 Nov 07 | 01:29 pm 1369

सल्यान, कात्तिक २१ः यात्रुवाहक बस दुर्घटना हुँदा सल्यानमा ८ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।  सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुर जाँदै गर्दा बिहान ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।

सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले ६ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा मृत्यु भएको जानकारी दिए  ।  घाइतेहरुको उद्दार कार्य जारी रहेको उनले बताए । घटनाबारे थप विवरण आउँन बाँकी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.