पूर्वराजा शाह बहिनीबाट भाइटीका ग्रहण

रिपोर्ट नेपाल | 2021 Nov 06 | 05:58 pm 2185

काठमाडौं, कात्तिक २०ः पूर्वराजा ज्ञानेन्द्र शाहले कान्छी बहिनी शोभा राज्यलक्ष्मी देवी शाहीबाट भाइटीका लगाएका छन् ।

पूर्वराजाले पञ्चाङ्ग निर्णायक समितिले तोकेको उत्तम साइत शनिबार बिहान ११ः०२ बजेको समयमै टीका ग्रहण गरेका हुन् । उनी टीका लगाउन शाहीको घर कमलादीमा पुगेका थिए ।

उक्त क्रममा पूर्वराजा शाहले बहिनीलाई पनि टीका लगाइदिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.