काठमाडौं, कात्तकि २०ः हिन्दुहरुको महान चाड शुभ दिपावली तथा छठ पर्वको शुभकामना सहित बिनोद केसीको मखमली गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
लक्की सिटौला र अन्जु पन्तको स्वर रहेको उक्त गीतको रचना तथा निर्देशन बिनोद केसी आफैले गरेका हुन् भने सो गीतमा सगुन शाही र सुदर्शन भट्टराईले अभिनय गरेका छन् ।
काठमाडौंको विभिन्न चर्चित स्थानहरु छनौट गरी निर्माण गरिएको उक्त गीतको भिडियोको छायांकन किरण चैसिरले गरेका हुन भने कृष्ण कुमार महर्जको मिक्सिङ्ग रहेको छ ।
सो गीतको रचनात्मक निर्देश बिदुर गिरीले गरेका हुन् भने सम्पादन राज कुमार मगरको रहेको छ । उक्त गीतको भिडियो तथा संगीत रोमान्टिक र भावनात्मक रहेकाले मनोरञ्जन दिलाउन दर्शकमाझ ल्याएको निर्देशक बिनोद केसीले बताए ।
साथै सो भिडियोलाई हेरेर मनोरञ्जन लिई सकेपछि लाइक, कमेन्ट, सेयर र सस्क्राइब गरिदिन अनुरोध निर्देशक केसीले गरेका छन् । यसैगरी दर्शकको माया, हौसला र साथ सहयोग रहेमा अन्य थप नयाँ किसिमका कोसेली दिने केसीले बताएका छन् ।
भिडियाे