- महेश सिंह
सिरहा, कात्तिक २०ः बंगलादेशमा भएको ईस्लामिक जेहादीले गरेको हत्या हिंसा विरुद्ध सिरहामा सनातन हिन्दु धर्मावलम्बीहरु आन्दोलीत भएका छन्।
विश्व हिन्दु परिषद नेपाल र ईस्काँन नेपालले ईस्लामिक जेहादी विरुद्ध बिश्व हिन्दु परिषदको ध्यानाकर्षण गराएको छ । उक्त घटनाको विरुद्धमा सिरहा लगायत नेपालभरका हिन्दु धर्मावलम्बीहरुले न्यायका लागि बंगलादेश सरकार विरुद्ध आन्दोलनमा उत्रिएका छन्।

उक्त कार्यक्रमको विरुद्ध सिरहाको बरियारपट्टी गाउँपालिका ५ जिझौलमा एक दिने सनातन हिन्दु धर्म सभा एंव समाजिक उत्थान कार्यक्रमको आयोजना गरिएको थियो।
हिन्दु राष्ट्रिय स्वभिमान जागरणको अभियन्ता सुर्य नारायण यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि परमपुज्य चिन्तामणी गौस्वामी महाराजको आतिथ्यता रहेको थियो।
उक्त कार्यक्रमको विशिष्ट अतिथिहरुमा विश्व हिन्दु परिषद नेपालका राष्ट्रिय महाँसचिव जितेन्द्र सिंह, पूर्व राष्ट्रिय सभा सदस्य तथा बरिस्ठ समाजसेवी अमीर कुमार यादव, अतिथिहरुमा सिया राम दास जि महाराज, हिन्दु परिषद गाउँपालिकाका अध्यक्ष भोगेन्द्र प्रसाद यादव, वरिष्ठ समाजसेवी तथा मधेस प्रेमी गितकार भगबत यादव, अभियानता जंगबहादुर सिंह, वरिष्ठ चर्चित गायक राज कुमार यादव, विश्व हिन्दु परिषद नेपालका सिरहा जिल्ला सचिव शिब देब साह, नेपाल पत्रकार महासंघ सिरहा शाखाको जिल्ला कार्यसमिति सदस्य तथा नेपाल पोस्ट दैनिक र रिपोर्ट नेपालका सिरहा सम्बादाता पत्रकार महेश सिंह उनी बिश्व हिन्दु परिषद नेपालका सिरहा संचार प्रमुख समेत रहेका छन्।
कार्यक्रममा हजारौं बुद्धिजीवी र हिन्दु धर्मावलम्बीहरुको सहभागीता रहेको थियो।बंगलादेशमा सनातन हिन्दु धर्मावलम्बीहरु माथि ईस्लामिक जेहादीद्धारा भएको हत्या, हिंसा र ११, १२ बर्षीया बालिका बलात्कृत भएका छन्। उक्त स्थानमा रहेको एैतिहासिक देवी देउता तथा मठ मन्दिर तोडफोड र आगजनी गरेका थिए।
उक्त हिन्दु धर्मावलम्बीहरुलाई धर्म परिवर्तन लगाउनु पर्ने लगायतका समाजिक बिकृती बिसंगती विरुद्ध एवं सनातन धर्म रक्षाको लागि एक दिने छ्लफल तथा गोष्टिको आयोजना गरेका थिए। बंगलादेश सरकार विरुद्ध अवाज उठाउन सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुलाई आग्रह गरेका हुन्।
ईस्लामिक जेहादी विरुद्ध सिरहामा विश्व हिन्दु परिषद नेपालले सकृय शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन्। बिश्व हिन्दु परिषद नेपालका सिरहा सचिब शिब देब साहले जानकारी दिए।