नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य यादवको पहलमा ३९ छात्राहरुलाई साइकल बितरण

| 2021 Nov 04 | 04:26 pm 2805

  • महेश सिंह

सिरहा, कात्तिक १८ः सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका वडा ५ खरुकियाहीमा कक्षा ८ मा पढ्ने छात्रा विद्यार्थीहरुलाई साईकल सहयोग गरेको छ। लक्ष्मीपुर पतारी ५ स्थित रहेको श्री माध्यमिक विद्यालय लक्ष्मीपुर पतारी ५ खरुक्याहीमा रहेको विद्यालयमा पढ्ने ३९ छात्राहरुलाई साइकल बितरण गरेको हो।

No description available.

नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य तथा युवा नेता संजय कुमार यादवको विशेष पहलमा साईकल वितरण गरेका छन् । प्रदेश सरकारकोबेटी बचाउ बेटी पढाउ अभियान, अन्तर्गत ३९ छात्राहरुलाई साइकल बितरण गरेको हो।

नेता यादव बाल्यकाल देखि समाज सेवा गर्दै राजनीतिमा सक्रिय रहेका छन्। स्कुल बालबालिकाहरुलाई स्कुल जान आउन सहता प्रदान गर्न विद्यार्थीहरुलाई साईकल सहयोग गरेका हुन्।

समाजमा गरीब दलित तथा बिपन्न समुदायका बालबालिकाहरुले गाउँकै स्कुलमा अध्यन गर्ने गरेका छन्। उक्त विद्यार्थीहरुले साईकल पाउदाँ खुशी हुदै प्रदेश सरकार र युवा नेता संजय यादवलाई धन्यवाद दिएका थिए।

No description available.

विद्यार्थीहरु नेता यादवको चर्चा गर्दै उ जस्तै नेताको समाजमा खाँचो रहेको विद्यार्थीहरुले प्रसंसा गरेका थिए। श्री माध्यमिक विद्यालय लक्ष्मीपुर पतारी ५ खरुक्याहीमा रहेको विद्यालयमा करिब ७ सय बालबालिकाहरु उक्त स्कुलमा अध्ययनरत रहेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमिन्त्रा लामाको उपस्थिति र सम्बन्धित वडाका अध्यक्ष देब कुमार यादवको रोहवरमामा साईकल वितरण गरेको स्कुलको प्रधान अध्यापक महेन्द्र साहले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.