काठमाडाैं, कात्तिक १५ः नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले डोटीमा बाढीपहिरोमा परी घाइते भई काठमाडौंमा उपचाररत बिरामीलाई भेटेका छन् । नेविसंघका निवर्तमान उपाध्यक्षसमेत रहेका शाहीले वीर, टिचिङ, केएमसी र नर्भीक अस्पताल पुगेर भेटेका हुन् ।
उनले बिरामीहरूलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् । ‘बेमौसमी वर्षाले डोटीमा ठूलो धनजनको क्षति गरेको छ । डोटी झनै यसको ठूलो मारमा परेको छ । म घाइते सबैको स्वास्थ्यलाभको कामना गर्दछु’, नेता शाहीले भने ।
उनले कुनै समस्या भए बिरामीहरूको उपचारका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।