कानुन व्यवसायीद्वारा प्रधानन्यायाधीशविरुद्ध कालोपट्टी बाँधेर आन्दोलन

रिपोर्ट नेपाल | 2021 Oct 31 | 11:25 am 1353

काठमाडाैं, कात्तिक १४ः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरुले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । नेपाल बार एशोसिएसनको नेतृत्वमा आइतबार विहान १० बजेबाट कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध प्रदर्शन सुरु भएको छ । उक्त कार्यक्रम ११ बजेसम्म जारी रहने बुझिएकाे छ ।

प्रधानन्यायाधीश जबराले न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको आरोपमा बारले विरोधका कार्यक्रम घोषणा गरेको हाे । प्रधानन्यायाधीश जबराले राजीनामा दिएर न्यायपालिका सुधारका लागि मार्गप्रशस्त गर्नुपर्ने अडान राखेको छ । तर प्रधानन्यायाधीश जबराले भने राजीनामा नदिने अडानमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.