पहिलोपटक सागमा क्रिकेट समावेश

रिपोर्ट नेपाल | 2018 Jul 21 | 07:29 pm 1768

काठमाडौं, साउन ५: दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करणमा क्रिकेट समावेश हुने भएको छ । शनिबार काठमाडौंमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले सर्वसम्मत रुपमा क्रिकेट समावेश गर्ने निर्णय पारित गरेको हो । यो सागमा पहिलोपटक क्रिकेट समावेश हुन लागेको हो।

यस निर्णयसँगै पुरुष र महिला क्रिकेट पनि सागको सूचीमा समावेश भएको छ।

बैठकले साग पूर्वनिर्धारित मिति १९ मार्च २०१९ मा नेपालमा हुने पनि पक्का गरेको छ । बैठकमा भाग लिइरहेका माल्दिभ्स ओलम्पिक कमिटीका महासचिव अहमद मार्कुजले सामाजिक सञ्जालमार्फत यो निर्णयबारे जानकरी दिएका हुन्।

नेपाल ओलम्पिक कमिटीले औपचारिक रुपमा भोलीमात्र यसबारे पत्रकार सम्मेलनमार्फत् घोषणा गर्ने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.