खानी खोलाकी निरीक्षक रूपाले सम्हालिन १३ महिना कमाण्ड

| 2021 Oct 28 | 03:02 pm 127189

काठमाडौं, कात्तिक ११ः विगत १३ महिना देखि इलाका प्रहरी कार्यालय खानीखोला धादिङको कमाण्ड सम्हालेकी प्रहरी निरीक्षक रुपा थापा वितेको अवधिमा अवैधधारी गिराेहको आँखामा कसिंगर बनिन् भने स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको नजरमा वाहीवाही बनेकी छिन् ।

खानीखोला जस्तो संवेदनशिल ठाउँमा कमाण्ड गरेर सफलता हासिल गरेकी रुपाको सकृयताबाट अवैध कार्य गर्न नपाएका तत्वहरु अत्तालिएर उनका विरुद्ध मिडियाबाजी गर्न थालेका छन् । रुपाका विषयमा प्रहरी मुख्यालयमा जानकार भएकोले अवैधधारी तत्वको सकृयताले केही फरक नपर्ने भएको छ ।

रिपोर्ट नेपाललाई प्राप्त जानकारी अनुसार रुपाले धादिङमा मात्रै नभएर उनी कार्यरत प्राय सबै ठाउँमा उनको प्रशंसा गर्ने लायकको छ । खानीखोला प्रहरीको इतिहासमा निर्विवाद रुपमा लामो समय बस्ने र कुनै अप्रिय घटना हुन नदिने अधिकृतमा रुपा थापा भएको स्थानीय जनप्रतिनिधिको भनई रहेको छ ।

महानगरीय ट्राफिक महाशाखादेखि अपराध महाशाखा हुँदै पर्यटक प्रहरीको भूमिका निर्वाह गरेकी रुपाले ठूला ठूला जुवाका खालमा आफ्नै कमाण्डमा छापा हानेकी थिइन् ।

पर्यटन प्रहरी भृकुटी मण्डपमा रहँदा स्वदेशी विदेशी पर्यटक उनीबाट मोहित हुन्थे । आफ्नो कर्तव्य पालनामा अवैधधारीसँग कडा रुपमा प्रस्तुत हुने रुपाले १३ महिनाको अवधिमा आफ्नो एरियालाई रामराज्य जस्तै बनाउन सफल भएकी अधिकृत हुन् । उनका कार्यबाट अत्तालिएका अवैधधारी यतिखेर अत्तालिएर उनका विरुद्ध लागेको बताइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.