बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

रिपोर्ट नेपाल | 2021 Oct 27 | 07:27 pm 2021

काठमाडाैं, कात्तिक १०ः बैंकिङ् कसूर मुद्दाका एक फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा अर्घाखाची पाणिनी गाउँपालिका वडा नं. ८ घर भई हाल काठमाडौं टोखा नगरपालिका वडा नं. ५, बसुन्धारा बस्ने बर्ष ३५ की अप्सरा खातुन रहेकी छन् ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी सन् २०१८/१०/१२ मा नविल बैंक लिमिटेडको चेक काटी दिएको कसूरलाई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गर्दै सम्मानित उच्च अदालत पाटनबाट मिति २०७७/०८/१६ मा निज प्रतिवादी अप्सरा खातुनको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम ७ दिन कैद र रु. ७३ लाख ५० हजार जरिवाना हुने फैसला भएको थियाे ।

उक्त फैसला पश्चात् फरार रहेकी खातुनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित विशेष टोलीले निज प्रतिबादीलाई चुन्नीखेल, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज मिति २०७८/०७/१०मा सम्मानित ललितपुर जिल्ला अदालतमा पेश गरेको ब्यूराेले जानकारी दिएकाे हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.