काठमाडौं,कात्तिक १०ः सिंहदरबारभित्र अकस्मात गोली चलेको छ । राष्ट्रिय सभा उपाध्यक्ष शशीकला दाहालकी पिएसओ अनुपमा भारतीले बोकेको पिस्ताेलबाट अकस्मात गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरिक्षक सुशील सिंह राठौरले बताए ।
गोली चल्दा कुनै क्षति नभएको बताए । घटनाबारे अनुसन्धान भइरहेकाे उनले बताए ।