श्रृङ्खलाबद्ध चोरी कार्यमा संलग्न ३ जना पक्राउ

| 2021 Oct 25 | 08:45 pm 1729

काठमाडौं, कात्तिक ८ः काठमाडौं उपत्यकाका विभिन्न घर, सहकारी तथा वित्तिय संघसंस्था गरी ९ स्थानमा चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रामेछाप दोरम्बा गाउँपालिका-४ घर भइ हाल काठमाडौं कोटेश्वर बस्ने ३१ वर्षीय कमल थापा मगर, ३० वर्षीय धनलाल थापा मगर र पाँचथर फाल्गुनन्द गाउँपालिका-५ घर भइ हाल काठमाडौं कपन मिलनचोक बस्ने ३९ वर्षीय हरि प्रसाद रसाइली रहेका छन् ।

काठमाडौं उपत्यकाभित्र रातको समयमा बिभिन्न सहकारी तथा वित्तिय संघसंस्थाहरु र घरमा मानिसहरु नभएको मौका पारी ढोका फोडी नगद तथा सुन चाँदीका गहना चोरी कार्यमा संलग्नको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले चोरी गर्ने कार्यमा संलग्न कमल र धनलाल तथा चोरी गरेको सुन खरिद गर्ने हरि प्रसाद समेतलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ८२.६८ ग्राम सुनका विभिन्न गहना र मोबाइल २ थान समेत प्रहरीले बरामद गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.