लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा एक जना पक्राउ

| 2021 Oct 25 | 08:41 pm 1717

धनुषा, कात्तिक ८ः जिल्लाको धनौजी गाउँपालिका ४ भडरिया स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले नाईट्रोभेट ट्याब्लेटसहित सोही जिल्लाको उपनगरपालिका २५ बस्ने २४ बर्षीय महोमद नाफिरलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट ठाडिझीजाबाट खटिएको सशस्त्र प्रहरीले उनलाई शंका लागि चेकजाँच गर्दा नाईट्रोभेट ट्याब्लेट ४ सय ५० वटा फेला पारेपछि पक्राउ गरिएको हो । पक्राउ परेका नाफिरलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

 गाँजा बरामद
पर्सा जिल्लाको ठोरी गाँउपालीका ५ स्थित ठुलो बाघमोर्चाबाट साेमबार सशस्त्र प्रहरीले करिब ४० के.जी.गाँजा बरामद गरेको छ । नेपालबाट भारततर्फ लैजादै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुवर्णपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

चोरीपैठारीका बिभिन्न सामान बरामद 
ईलाम जिल्लाको सुर्योदय नगरपालिका २ स्थित चारभाईले भन्ने स्थानबाट सशस्त्र प्रहरीले करीव २ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पशुपति नगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

यसैगरी कन्चनपुर जिल्लाको शुक्लाफाट  नगरपालिका १२ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख ११ हजार रुपैयाँ बराबरको
भाँडावर्तन तथा किराना सामान बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल
नम्बर ३५ गण कन्चनपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.