उद्दार कार्यमा नेपाली सेना

| 2021 Oct 25 | 11:44 am 1689

काठमाडाैं, कात्तिक ८ः देशका विभिन्‍न स्थानहरुमा बाढी/पहिरो गई जनजीवन प्रभावित ईलाकाहरुमा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरी तपशिलमा उल्लेख भए बमोजिम खोज तथा उद्दार कार्य संचालन गरिएको छ ।

मिति २०७८/०७/०२ गते कालिकोट जिल्ला,  राम्नी ईलाकामा जोखिममा रहेका करीब ६० घरधुरीका २५० देखि ३०० जना स्थानीय बासिन्दाहरुलाई राम माध्यमिक बिद्यालय र स्वास्थ्य चौकीको भवनमा सार्नुका साथै पहिरोमा पुरिएका खाद्यान्न, लत्ता कपडा र अन्य चल अचल सामानहरु निकाल्ने कार्य गरेको छ । त्यस्तै मिति २०७८/०७/०२ गते कालिकोट जिल्ला, खाडाचक्र न.पा.-६ पिलि-बिर्तामोड खण्डमा पहिरोसंगै ठुलो ढुंगा (करीब ७ फिट उचाई, १० फिट लम्बाई र १५ फिट चौडाई) झरेर राजमार्ग पूर्णरुपमा अवरुद्ध भएपश्चात उक्त ढुंगालाई अन्य सुरक्षा निकायहरुको सहकार्यमा बिष्फोटन गराई सडक डिभिजन कार्यालय, जुम्लाको एस्काभेटरद्वारा सो ढुंगाहरु हटाई मिति २०७८/०७/०४ गतेबाट राजमार्ग सुचारु गराइएकाे छ।

अविरल वर्षाको कारण डोटी जिल्ला सायल गाउँपालिका वडा नं.-४ भल्मामा ३० बर्षीय जंग बहादुर विष्टको घर पहिरोमा परी निजको मृत्यु भएकोमा शव निकाल्ने कार्य भएकाे छ । साथै, नेपाली सेनाद्वारा रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा नं.-५ स्थित पवित्र धार्मिक स्थल गोसाईकुण्ड दर्शन गर्न जाने क्रममा ललितपुर जिल्ला टिकाभैरव बस्ने बर्ष २७ को राजाराम सुनार अत्याधिक चिसोको कारण लेक लागी धिम्सा ईलाकामा अचेत अवस्थामा रहेको खबर प्राप्त भएपश्चात उक्त बिरामीलाई थप उपचारको लागि रसुवा अस्पताल, धुन्चेमा लगिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.