किन सारियो मुख्यमन्त्री आचार्यको बिस्वासकोमत लिने कार्यक्रम ?

| 2021 Oct 24 | 03:55 pm 2325

काठमाडौँ कत्तिक ०७ : आइतबार बोलाइएको प्रदेश सभाको बैठक स्थगित भएपछि मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारको आयु एक साता लम्बिएको हो। सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सभाको बैठक १५ कात्तिकसम्मका लागि स्थगित गरेका छन्।

यसअघि ५ कात्तिकमा मुख्यमन्त्री आचार्यले प्रदेश सभामा विश्वासको मतको प्रस्ताव टेबुल गरेका थिए। त्यस दिन पनि सभामुख भण्डारीले बैठक स्थगित गरेका थिए। आजको बैठकमा विश्वासको मतको प्रस्तावमाथि छलफल र मत विभाजन गर्ने कार्यसूची रहेको थियो।

आज बस्ने भनिएको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भनिएको थियो । तर, यसअघि नै सत्तारुढ दल नेकपा (एमाले) र प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा बैठक स्थगित् गर्न निवेदन दिएका थिए । प्रदेश नम्बर १ मा नेकपा (एकीकृत समाजवादी) ले सरकारको नेतृत्व गर्ने बताईएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.