काठमाडौँ, कात्तिक ०१ : आइतबार साँझदेखि परेको वर्षाका कारण कैलालीको भासु भीरमा पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयले जानकारी दिएको छ ।
सोमबार राति करिब दुई बजेको समयमा गएको पहिरोले राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका ७ पहाडी जिल्लाको यातायात सेवा ठप्प भएको छ । पहाडी जिल्लाबाट कैलाली र कञ्चनपुरसहित विभिन्न जिल्लाका लागि छुटेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।
अहिले डोजरको सहायताले पहिरो पन्छ्याउने काम भइरहेकाले अझै राजमार्ग खुल्न केहि समय लाग्ने प्रहरीले जनाएको छ ।