२०७८ सालको बडा दशैंलाई लक्षित गर्दै नेपाली सेनाद्वारा निशुल्क: यातायात सुविधा प्रदान

| 2021 Oct 06 | 05:00 pm 1809

काठमाडाैं, असाेज २०ः २०७८ सालको बडा दशैंमा बिदा जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारहरुलाई नेपाली सेनाले प्रदान गर्दै आइरहेको विभिन्न कल्याणकारी सेवा-सुविधा अन्तर्गत सहुलियतको यातायात सुविधा प्रदान गर्ने उद्देश्यका साथ मिति २०७८/०६/१८ गतेबाट मिति २०७८/०६/३० गतेसम्म नेपाली सेनाद्वारा जमिनी एवं हवाई मुभ सञ्‍चालन गरी सकलदर्जा तथा आश्रित परिवारहरुलाई आ-आफ्नो गन्तव्य स्थालसम्म पुर्‍याउने कार्य भईरहेको जानकारी गरेकाे छ ।

सडक सञ्‍जालको सहज पहुँच पुगेका स्थानहरुमा जमिनी बाटोबाट र सडक सञ्‍जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी/हिमाली क्षेत्रहरुमा हवाई उडान संचालन गर्ने योजना अनुरुप हालसम्म जमिनी मुभबाट ५२० जना सकलदर्जा एवं आश्रित परिवारहरु लाभान्वित भएका छन् भने हवाई उडानमार्फत ८६ जना लाभान्वित भएका छन् ।

प्रधान सेनापति महारथी प्रभुराम शर्माले आफ्नो पदबहाली पश्चात सकल दर्जालाई गरेकाे पहिलो सम्बोधनमा उल्लेख भएको यो कार्यक्रम नेपाली सेनाले आफ्ना सकलदर्जा तथा तिनका आश्रित परिवारहरुलाई प्रदान गर्दै आईरहेको कल्याणकारी सेवा-सुविधाहरु अन्तर्गत सञ्‍चालन गरिएको हो ।

साथै, उपरोक्त जमिनी मुभ योजना परिशिष्ट (क) तथा हवाई उडान योजना परिशिष्ट (ख) यसैसाथ संलग्न गरिएको समेत जानकारी गरेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.