पर्वतमा छोराले गरे बाबुको हत्या

| 2021 Oct 04 | 03:14 pm 1977

पर्वत, असाेज १८ः कुश्मा नगरपालिका ३ दुर्लुङमा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन्। स्थानीय गौवारीका ६४ वर्षीय धनलाल विकको ४५ वर्षिय उनैका छोरा राजकुमार विकले हत्या गरेका हुन्। घरायसी झगडाको क्रममा गएराती १० बजेको समयमा बाउँसो र लठ्ठीले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीका अनुसार गएराती घरमा बाबुछोरा मात्रै थिए भने मृतककी श्रीमती माईतीघर गएकी थिइन्। घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएपनि काठ, ढुंगा,लठ्ठी प्रहार गरेर हत्या गरेजस्तो देखिएको डिएसपी बुढाथोकीले बताए। मृतकको मोवाईलसमेत टुक्राटुक्रा परेको छ भने भान्सामासमेत ढुंगाहरु देखिएका छन्।

आज विहान छिमेकीले मृतक विकको शव घरको बलेसीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरीले हत्याको आरोपमा मृतक विकका छोरा राजकुमारलाई पक्राउ गरेको छ। अहिले मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा ल्याईएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भैरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.