उपत्यकामा ७२ प्रतिशतले लगाए खोप

रिपोर्ट नेपाल | 2021 Oct 04 | 07:40 am 1493

काठमाडौँ, असोज १८ः काठमाडौँ उपत्यकामा १८ वर्षभन्दा माथिका ७२ प्रतिशत जनसङ्ख्याले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा गरी ७२ प्रतिशत जनसङ्ख्याले खोप लगाइसकेको जानकारी दिए । काठमाडाैं जिल्लामा १८ वर्षमाथिका ७५ प्रतिशत जनसङ्ख्याले कोभिडविरुद्धको पूर्ण खोप लगाएको जानकारी उनले दिए ।

स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार कुल १६ लाखभन्दा बढीले काठमाडौँमा खोप लगाएका छन् । पहिलो मात्रा मात्रै लगाउनेको सङ्ख्या ११ लाख ५३ हजार रहेको छ । सचिव खड्काका अनुसार पूर्ण खोप कभरेज दरको हिसाबले काठमाडौँ अहिले बागमती प्रदेशकै दोस्रो बढी खोप लगाउने जिल्ला बनेको छ ।

प्रदेशको कुल १३ जिल्लामा पहिलो बनेको भक्तपुरमा १८ वर्षमाथिका ७५ प्रतिशतले पूर्ण खोप लगाएका छन् । भक्तपुरमा १८ वर्षमाथिका कुल दुई लाख ४६ हजार ८५१ जनामध्ये कुल एक लाख ८६ हजारले पूर्ण खोप लगाएका हुन् । यस्तै तेस्रो बढी खोप लगाउने रसुवा जिल्ला ठहरिएको छ । त्यहाँ १८ वर्षमाथिका ७२ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।
यसैबीच देशभर ६७९ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै थप एक हजार ४०५ जना निको भएका छन् । सात जना सङ्क्रमितको निधन भएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.