गण्डकी प्रदेश कार्यसमितिलाई राप्रपाले दियो पूर्णता

रिपोर्ट नेपाल | 2018 Jul 21 | 08:01 am 5047

पोखरा , साउन ५ : राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेश कार्यसमितिले शुक्रबार पूर्णता पाएको छ ।

पार्टीको विधानबमोजिम अध्यक्ष कमल थापाले गण्डकी प्रदेशका अध्यक्ष हेमजङ गुरुङको सिफारिशअनुसार गण्डकी प्रदेशका उपाध्यक्षमा देवीप्रसाद कँडेल (बागलुङ) र गीता गुरुङ (कास्की), सचिवमा वरुणविक्रम राणा (कास्की), प्रवक्तामा नवराज बसौला (लमजुङ), कोषाध्यक्षमा पञ्चबहादुर गुरुङ (स्याङ्जा) र सहसचिवमा कृष्णराज अधिकारी (कास्की) लाई मनोनयन  गरेका छन् ।

सदस्यमा भने छमकला कुँवर (स्याङ्जा), चन्द्रावती पन्त (तनहुँ), एकेन्द्र रावल (म्याग्दी), ठाकुरप्रसाद भुसाल (पर्वत), नारायण गुरुङ (कास्की), कृष्णप्रसाद पौडेल (तनहुँ) रामचन्द्र अर्याल (लमजुङ), ठाकुरप्रसाद शर्मा (नवलपुर), सुदीप ढकाल (गोरखा), अजित थकाली (मुस्ताङ), क्या राजकुमार थापा मगर (गोरखा) र कल्याण गुरुङ (मनाङ) लाई मनोनयन गरिएको पार्टीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.