धर्म संस्कृति र कला जोगाउन महिलाको अहम भूमिका हुन्छः मन्त्रि यादव

| 2021 Oct 02 | 12:27 pm 2285

  • महेश सिंह

सिरहा, असोज १६ः धर्म संस्कृति र कला जोगाउन महिलाको अहम भूमिका हुने प्रदश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रि विजय कुमार यादवले बताए । सिरहाका धनगढीमाई नगरपालिका १ बाखर ग्रामिण बजारमा नव निर्मित जितुवाहन मन्दिरको उद्घाटन कार्यक्रममा यस्तो बताएका छन् ।

No description available.

प्रमुख आतिथ्यका आसनबाट मन्त्रि यादवले भने जितिया पर्व खास गरी महिलाको पर्व हो । यस पर्वमा महिला दिदी बहिनीहरुले ४८ घण्टा निराहार वर्त बसी आफ्ना संतानका लागि दिघार्युका कामना गर्दै वर्त बस्ने गर्दछ । त्यसैले महिलालाई लक्ष्मी, सरस्वति र दुर्गाको स्वरुप मान्ने गर्दछ ।

पूर्व अर्थमन्त्रि रहेका वेला अर्थमन्त्रालयबाट २० लाख रकमबाट निर्मीत भएका सो मन्दिर विधिवत तरिकाबाट पुजा पाठ गरी उद्घाटन गरिएको हो ।

No description available.

कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्ष सूर्य नारायण महतोले वडा कार्यलयका तर्फबाट मेला समितिलाई १ लाख २० हजार सहयोग गर्ने प्रतिबद्धता जनाए र भने हामी जुनसुकै पार्टीका नेता कार्यकर्ता भएतापनि हामी मधेसीहरु विभिन्न प्रकारका नेपाली नागरिकता लिनबाट बञ्चित भएका छौँ । सो नागरिकता बितरणको कार्यमा सहज बनाउन प्रदेश सरकारसंग आग्रह गरेका छन् ।

कार्यक्रम बिच मन्त्रि यादवलाई मन्दिर निर्माणमा अतुलनिय सहयोग गरे वापत जितिया मेला समितिद्वारा दोस्सला र सम्मान पत्र सहित सम्मान गरेका थिए ।

कार्यक्रममा भूत पूर्व नागरिक उड्यन मन्त्रि शत्रुधन प्रसाद सिंह कोइरीका अनुसार अधिकार र सर्बाङिन बिकासको लाग िछिटै पहल भइरहेको बताए। समृद्धि तपाईंहरुको साथमा रहेको बताए । कागजमा संघीय लोकतान्त्रिक प्रदेश लेखेर हुदैन ब्यबस्थापन गर्न प्रदेश सरकारको दाईत्व हो मन्त्री सिंहले बताए ।

No description available.

जसपा केन्द्रीय सदस्य राजु गुप्ताका अनुसार बिध्यापती गेटको निर्माण हुन जरुरी रहेको बताए। समानुपातिक समाबेसी अगुवा नेताहरुको पहलमा आउने दिनमा गाउँ गाउँ र चौक चौकमा मठ मन्दिरको संर्चना बन्ने बताए। नेपाली काँग्रेसका सूर्य नारायण यादव लगायत दर्जनौ नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।

जितु वाहन मन्दिर उद्घाटन कार्यक्रमका अध्यक्ष राम कुमार महराको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने स्वागत मन्तव्य बाखर ग्रामिण बजारका अध्यक्ष भोगेन्द्र यादवले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.