काठमाडौं, साउन ४: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसीको साथमा रहेका बताएका छन् । शुक्रबार वरिष्ठ चिकित्सक केसीको महाराजगंजस्थित शिक्षण त्रिवि अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझेपछि उनले केसीको माग जायज रहेको भन्दै त्यसमा आफूहरुको साथ रहने बताएका हुन् ।
सभापति देउवाले डा. केसीको माग तत्काल सम्बोधन गर्न सरकारलाई पुनः दवाव समेत दिएका छन् । त्रिवि शिक्षण अस्पतालमा डा. केसीलाई भेटेर फर्किएका देउवाले डा. केसीको माग तुरून्त पुरा गर्न सरकारलाई अनुरोध समेत गरेका छन् ।
सभापति देउवाले जीवन रक्षाका लागि वरिष्ठ चिकित्सक केसीको समर्थनमा जुटन पनि सबैलाई पुनः आहृवान गरे । उनी कसैले उचालेर नउचालिने मान्छे भएको पनि बताए ।
सभापति देउवाले जीवन रक्षाका लागि वरिष्ठ चिकित्सक केसीको समर्थनमा जुटन पनि सबैलाई पुनः आहृवान गरे । उनको स्वास्थ्य अवस्था निकै कमजारे छ भन्दै सभापति देउवाले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भनेका छने ‘म सरकारलाई तत्काल उहाँसँग वार्ता गरेर माग पुरा गरि जीवन बचाउन माग गर्दछु ।’
अनशनरत डा.गोविन्द केसीलाई आज त्रिवि शिक्षण अस्पताल पुगेर भेटे । उहाँको स्वास्थ्य अवस्था निकै कमजारे छ। लोकतन्त्रमा एक जना नागरिक पनि निकै बलियो हुन्छ । तर डा.केसीको पछाडी हामी लाखौ छौ । म सरकारलाई तत्काल उहाँसँग वार्ता गरेर माग पुरा गरि जीवन बचाउन माग गर्दछु ।#DrGovindaKC pic.twitter.com/sIhD84iKhx
— Sher Bahadur Deuba (@DeubaSherbdr) July 20, 2018