करणी मुद्दाका फरार अभियुक्त १० वर्ष पछि पक्राउ

| 2021 Sep 23 | 03:11 pm 1749

काठमाडौं, असोज ७ः जागिर लगाई दिन्छु भन्दै बलात्कार गर्ने एक युवकलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३८ वर्षीय सागर तामाङ ‘च्याङ्गवा’ रहेका छन् ।

जिल्ला अदालत काठमाडौँले २०७१ साल वैशाख १ गते तामाङलाई जबरजस्ती करणी मुद्दामा ९ वर्ष कैद तथा पीडितलाई १० लाख क्षतिपूर्ति तिराउने फैसला गरेको थियो । फैसला पश्चात् उनी फरार रहेका थिए ।

तामाङले २०६८ सालमा काठमाडौंमा काम लगाइदिन्छु भन्दै १५ वर्षीया किशोरीलाई दोलालघाटबाट काठमाडौं ल्याएका थिए । काठमाडौंमा उनले कोटेश्वरस्थित शुभलक्ष्मी गेस्ट हाउसमा लगेर डर त्रास देखाएर जबरजस्ती करणी गरेका थिए । फरार रहेका तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.