विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2021 Sep 23 | 11:43 am 1625

माेरङ, असाेज ७ः खोलामा विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कामलिस माझी रहेका छन् ।

मोरङको बूढीगंगा स्थित त्रिजुगा खोलमा माछा मार्ने क्रममा उनको बुधवार बेलुकी मृत्यु भएको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुशार, करेन्ट लागेर घाइते भएका माझीको कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बुढीगंगा गाउँपालिका–६ सैतानपुरका माझीले आफ्नै घरबाट खोलासम्म लाइन लगेका थिए । खोलामा करेन्ट प्रवाह गरेर माछा मार्नु गैरकानुनी हो । घटनाबारे थप अनुसन्धान  सुरु गरेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.