४० किलो चाँदीसहित माझी पक्राउ

रिपोर्ट नेपाल | 2021 Sep 21 | 01:38 pm 1457

रौतहट, असोज ५ः प्रहरीले रौतहटको गौरबाट ४० किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा घर भएका विद्यानन्द माझी रहेका छन् ।

काठमाडौंबाट रात्रि बसमा गएका माझीलाई पक्रेर थप अनुसन्धान शुरु गरिएको रौतहटका एसपी विनोद घिमिरेले जानकारी दिए । गौरस्थित नयाँ बसपार्कमा प्रहरीले चेकजाँच गर्दा उनको साथमा ४० किलो चाँदी फेला परेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.