स्वागत तथा विदाई कार्यक्रम सम्पन्‍न

| 2021 Sep 20 | 08:38 pm 1573

काठमाडाैं, असाेज ४ः साेमबार श्री सैनिक श्रीमती संघको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त संघका नव नियुक्त अध्यक्ष सुनिता शर्माको स्वागत तथा निवर्तमान अध्यक्ष श्रीमती दिपा थापाको विदाई कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, उक्त संघका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको उक्त अवसरमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले निवर्तमान अध्यक्षलाई सफल कार्यकालको लागि बधाई तथा सम्मान सहित विदाई गरेका थिए भने नवनियुक्त अध्यक्षलाई स्वागत गर्दै आगामी कार्यकालको शुभकामना दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.