झापा, असाेज ४ः जिल्लाको मेचीनगर नगरपालिका ४ राईसिंहस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ९ ग्राम ब्राउन सुगरसहित सोही ठाउँ बस्ने १८ वर्षीय डिल्ली बहादुर मगरलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा बेश राईसिंहबाट खटिएको
सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला पारेको हो ।
पक्राउ परेका मगरलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागी नेपाल प्रहरीलाई बुझाईएको छ ।
यसैगरी कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ११ गड्डाचौकीस्थित सीमा ईलाकाबाट विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
दार्चुला जिल्लाको माहाकाली नगरपालिका ४ खलङ्ग स्थायी घर भई कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका १४ बस्ने १८ वर्षीय राहुल सोनमलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा बुप्रोनोर्फिन ईन्जेक्सन २९ वटा, डाईजेपाम ईन्जेक्सन १ वटा र प्रोमेथाजिन ईन्जेक्सन २९ वटा फेला पारेको हो ।
पक्राउ परेका सोनमलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
विभिन्नि किसिमका औषधी बरामद
सशस्त्र प्रहरीले कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका ५ स्थित गनौरिया बगैँचाबाट असोज ४ गते करीव १ लाख ३६ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेका उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हथिहवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधी भन्सार कार्यलय सुठौलीमा बुझाईएको छ ।
चोरीपैठारीको मोटर पार्ट्स तथा लत्ताकपडा बरामद
रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका ३ स्थित बैकुण्ठपुर धकधई ईलाकबाट सशस्त्र प्रहरीले करीव २ लाख ५० हजार रुपैयाँ बराबरको
चोरीपैठारीको विभिन्न किसिमका गाडीका मेसीनरी पार्ट्स बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त मोटर पार्ट्स सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद मोटर पार्ट्स भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कालाकुण्डाबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ६३ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरीले कैलाली जिल्लाको टिकापुर नगरपालिका ७ पतिपुर सोनाफाटा ईलाकाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय खक्रौलामा बुझाईएको छ ।