चोरीका मोटरसाईकल सहित ३ जना पक्राउ तथा २४ वटा मोटरसाईकल धनिलाई जिम्मा

रिपोर्ट नेपाल | 2021 Sep 17 | 07:00 pm 1281

काठमाडाैं, असोज १ः ट्राफिक प्रहरीले काठमाडाैं स्थित थलीबाट चोरीका मोटरसाइकल सहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले चोरी गरि लगीरहेको अबस्थामा बाग्मती प्रदेश०२-०१५प ६१७२
नम्बरको २२० सिसिको कालो निलो पल्सर सहित सिन्धुपाल्चोक पाँचपोखरी थामपालका बिजय धिताललाई कागेश्वरी-मनहरा वडा नं ५ स्थित थलीबाट नियन्त्रणमा लिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

उनले उक्त मोटरसाईकल धनी खोटाङ्ग घर भई काँडाघारी बस्ने संजीब राईले यहि भदौ ३१ गते अन्दाजी ४ बजे पार्किङ्ग गरिरहेको अबस्थामा लभडाँडा काडाघारीबाट हराएको भनी जानकारी दिएका थिए भने सोही सुचनाको आधारमा खोजतलास गर्दै जाँदा उक्त माेटरसाइकल फेला परेको बताए ।

पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान गर्ने क्रममा जिल्ला सिन्धुपाल्चोक मेलम्ची घर भई साँखु बस्ने बर्ष २६ को जीत बहादुर र २४ बर्षे बिष्णु तामाङ्ग (पाख्रीन) समेत भई चोरी गरेको र निजहरुसँग अर्को चोरीको मोटरसाईकल समेत रहेको खुल्न आएको थियो । निजहरुलाई खोजतलास गर्ने क्रममा माकलबारीबाट भदाै १५ गते कोटेश्वरबाट हराएको निलो रङ्गको २२० सिसिको पल्सर सहित पक्राउ परेका हुन ।

तारकेश्वर बस्ने सुमन धितालको प्रदेश ३-०२-००१प ७२८६ नम्बरको उक्त मोटरसाईकलमा नम्बर परिवर्तन गरि प्रदेश ३-०२-००७प ८४९४
भएको अबस्थामा पक्राउ गरेको हो । पक्राउ परेका जीत बहादुर र बिष्णु दाजुभाई रहेको समेत अनुसन्धानबाट खुल्न आएको ट्राफिक महाशाखाले जनाएको छ ।

मोटरसाईकल चोरीमा संलग्न तीनै जनालाई मोटरसाईकल सहित महानगरीय प्रहरी बृत्त बानेश्वरमा थप अनुसन्धान एव कारबाहिको लागि पठाएको ट्राफिक महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीद्वारा २४ वटा मोटरसाईकल धनिलाई जिम्मा
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानहरुबाट हराएका २४ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका २४ मध्ये २० वटा मोटरसाईकल र ४ वटा स्कुटर रहेका छन् ।

No description available.

मोटरसाईकल हस्तान्तरण कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागि विभिन्न प्रहरी बृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेको बताए ।

उनले सवारी साधनको चोरी न्युनिकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको र सम्बन्धित धनीहरुले समेत सुरक्षाका उपाय र सजक रहनु पर्ने बताए ।

रोहन शर्मा, प्रदिप लामा, नारायण गिरी, सन्देश पुन मगर, मिन बहादुर लामा, भरत कुमार पोखरेल, कृष्णगरि बिष्‍ट, राजु श्रेष्ठ, सुरेश लामिछाने, निरन पाण्डे, लिला बहादुर आले, हरिभक्त शाही, भाईराजा कार्की, सुसिला सिलवाल, सन्देश आचार्य, शुक्रजंग पाण्डे, मिलन कुमार जोशी, राजिभ अर्याल, राजेन्द्र के.सी., किर्पा घले, अनिल पौडेल, भैरव परियार, बाजेन्द्र थापा र फुर्वा नाम्गेल शेर्पाको हराएका मोटरसाइकलहरू यस महाशाखाको पीडित सहायता ईकाईबाट खटिएको ट्राफिक प्रहरी टोलीले खोजतलास एव पक्राउ गरि सम्बन्धीत धनीलाई बुझाइएको प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्माले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.