सशस्त्र प्रहरीद्वारा पेस्तोलसहित एक जना पक्राउ

| 2021 Sep 16 | 08:11 pm 1929

काठमाडौं, भदाै ३१ः काठमाडौं महानगरपालिका १५ सितापाईलास्थित एक  रेष्टुरेन्टबाट सशस्त्र प्रहरीले ९ एमएमको पेस्तोल १ नाल तथा सोको ५ वटा गोलीसहित एक जनालाई पक्राउ गरेको छ । फक्राउ पर्नेमा तार्केश्वर नगरपालिका ३ जितपुर बस्ने २४ वर्षीय सोनाम तामाङ्ग रहेका छन् ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण (विशेष कार्यदल) बंगलामुखी काठमाडौमा खटिएको सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा निजलाई उक्त पेस्तोल तथा गोली र निजले प्रयोग गरेको मोटरसाईकलसहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङ्गलाई बरामद पेस्तोल, गोली तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

लागुऔषधसहित एक पक्राउ
पर्सा जिल्लाको विरगंज महानगरपालिका २५ स्थित खलबु टोलबाट  सशस्त्र प्रहरीले २ सय २५ वटा नाईट्राभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका २२ पदमपोखरी बस्ने २४ बर्षीय सरोज लामा रहेका छन् ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोटबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागुऔषध फेला परेको हो । पक्राउ परेका लामालाई बरामद लागुऔषधसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

नहरमा डुवेका एक जनाको शव फेला
कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका १० स्थित दैजी बेलडाँडी नहरमा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ । सोही ठाउँको सिद्धपुर बस्ने ३५ बर्षीय लक्ष्मण पन्त यहि भाद्र ३० गते नुहाउने क्रममा उक्त नहरमा डुबेर बेपत्ता भएको बताईएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणबाट उनको खोजी तथा उद्वारमा खटिएको सशस्त्र प्रहरीले उनको शव फेला पारेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.