धन र डनलाई निर्मुल पार्न पत्रकार रिजालको उम्मेदवारी

रिपोर्ट नेपाल | 2021 Sep 15 | 01:41 pm 6277

स्याङ्जा, भदौ ३०ः नेपाली कांग्रेसका युवा नेता एवं बरिष्ठ पत्रकार इन्द्रबहादुर रिजालले नेपाली कांग्रेस भित्र हावी हुँदै गएको डन र धनबहादुरलाई जरैबाट समाप्त गर्नका लागि महाधिवेशन प्रतिनिधिमा प्रतिष्पर्धा गर्न लागेको बताएका छन् ।

No description available.

स्याङ्जा जिल्लाको क्षेत्र नं.१ बाट उम्मेदवार घोषणा गरेका रिजाल स्याङ्जा समाज नेपालका संस्थापक अध्यक्ष हुन् भने उनी हाल नेपालबहस डटकमका सम्पादक हुन् ।

पत्रकारितामा निर्भिक र निडरताका साथ कलम चलाउदै आएका रिजालको उम्मेदवारीलाई बौद्धीक जगतले सकरात्मक लिएको छ ।

पछिल्लो समय नेपाली कांग्रेस भित्र मौलाएको विकृती र विसंगतीका विरुद्ध बुलन्द आवाज उठाउन रिजालको उपस्थिति अनिवार्य भएको स्याङ्जाली बुद्धीजिवी बताउँछन् ।

पत्रकारिताको २९ वर्षे यात्रामा रिजालले प्राय सबै लेख रचना सिद्धान्तबाट बाहिरीन लागेको कांग्रेसलाई सजग बनाउन लेख्ने गरेका छन् ।

जननायक वीपी कोइरालाले भने जस्तै आदर्श र सिद्धान्त बोक्ने कार्यकतालाई सुकिला लुगा लगाउने र चिल्ला कार चढ्नेले विस्थापित गर्न लागेको महाधिवेशन प्रतिनिधिका उम्मेदवार इन्द्र रिजालले बताएका छन् ।

विधि र पद्धतीलाई आफ्नो मुल मन्त्र मान्ने रिजाल २०४५ सालदेखि अनवरत कांग्रेसमा सकृय नेता हुन् । २०४६ सालको आन्दोलनमा जनज्योती माविको नेविसंघ इकाई सभापति रहेका रिजाल २०४८ देखि २०५० सम्म पोखरा बहुमुखी क्याम्पसको नेविसंघ सभापति रहेका थिए ।

२०५१ देखि २०५५ सम्म नेविसंघ स्याङ्जाको अध्यक्ष रहेका रिजाल शंकरदेव क्याम्पसमा समेत इकाई सभापति बनेर संगठन निर्माणमा अहम भूमिका निर्वाह गरेका थिए ।

अमेरिकाको फ्लोरिडस्थित इन्टरनेशनल एकेडेमी अफ सोसियल साइन्सेजबाट मानार्थ विधावारिधी (पीएचडी) को उपाधी पाएका रिजाल विभिन्न संघ संस्थामा आबद्ध रहेर सामाजिक कार्य गर्दै आएका छन् ।

रिजाल जस्ता शिक्षित र बौद्धीक व्यक्ति स्याङ्जामा आएर कांग्रेस सुदृढीकरणका लागि लाग्नु प्रशंसनीय भएको स्याङ्जा कांग्रेस कार्यकर्ता बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.