काठमाडौं, भदाै २८ः नेपाल प्रहरीका डिएसपी किरनजंग कुँवर संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तरगत प्रोफेसनल लेभल–३ मा छनोट भएका छन् । खुला प्रतिस्पर्धाबाट उनी उक्त महत्वपूर्ण जिम्मेवारीमा छनोट भएका हुन् ।
उनलाई नेपाल प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानले सम्मान गरी आइतबार बिदाई गरेको छ । प्रतिष्ठानका एआइजी निरज शाहीले कुँवरलाई सम्मान गरेका हुन् । प्रोफेसनल लेभल–३ मा नेपालबाट थोरै मात्र प्रहरी अधिकृत सफल भएका छन् ।