काठमाडाैं, भदाै २७ः जवरजस्ती करणी र डाँका मुद्दाका फरार एक अभियुक्तलाई ब्यूराेले १० वर्षपछि पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सुनसरी उप महानगरपालिका वडा नं. १७ बस्ने वर्ष ४१ का बल्ला भन्ने रजाबुल मिया रहेका छन् ।
उनले मिति २०६४।०५।१५ गते रातकाे समयमा डर त्रास देखाई जवरजस्ती करणी गरी सुन लगायतका बहुमुल्य गहना समेत लुटी फरार रहेका थिए ।
उनलाई सम्मानित उच्च अदालत बिराटनगरको २०६८।०३।३० गतेको फैसलाले १४ वर्ष ५ महिना १२ दिन कैद सजाय ठहर गरी हाल सम्म फरार रहेका प्रतिवादीलाई मिति २०७८।०५।२७ गते यस केन्द्रीय अनुसन्धान व्यूरोबाट खटि गएको विशेष टोलीले जिल्ला सुनसरी इटहरी उ.म.न.पा-१७ पकलीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित जिल्ला अदालत मोरङमा पठाईएको बताइएकाे छ ।
।