जडीबुटीबाट मनाङमा साढे १२ लाख रुपैयाँ राजस्व संकलन

| 2021 Sep 11 | 09:38 am 1949

मनाङ, भदाै २६ः हिमाली जिल्ला मनाङमा जडीबुटी बिक्रीबाट १२ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको छ । आर्थिक वर्ष ०७७ र ७८ मा एक हजार ८४ किलो जडीबुटी बिक्रीबाट उक्त रकम संकलन भएको हो ।

आर्थिक वर्ष ०७६र७७ को तुलनामा शून्य दशमलव ६३ प्रतिशतले यस आर्थिक वर्षमा कम राजस्व संकलन भएको अन्नपुर्ण संरक्षण क्षेत्र एक्याप प्रमुख लेखनाथ गौतमले बताए ।

जिल्लाको मुख्य आयस्रोतको रूपमा रहेको उच्च हिमाली घाँसे मैदानमा पाइने यार्चागुम्बा, गुच्ची च्याउ, वन लसुनलगायत बिक्रीबाट राजस्व संकलन हुँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.