तास खेलिरहेका ९ जना पक्राउ

| 2021 Sep 07 | 07:10 pm 2405

तनहॅु, भदाै २२ः ब्यास नगरपालिका वडा नं.४ जलदेवीटोल (ख) स्थितमा रहेको मिन बहादुर गुरङको घरमा ठुलो धनराशीमा हार जितको बाजी
राखी जुवातास खेली रहेका छन् भन्ने गोप्य सूचनाकाे अाधारमा  प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाको कमाण्डमा १२ जनाको प्रहरी टोली उक्त स्थानमा खटी गई सम्बन्धित घर खानतलासी गर्दा उक्त घरमा तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा घरधनी समेत रहेका बहादुर गुरुङ, पोट बहादुर सारु, बिमल दरै, प्रदिप पौडेल, जिवन गुरुङ, सुरज थापा, दिपक तामाङ, सोम बहादुर मगर र कृष्णचन्द्र न्यौपाने रहेका छन् ।

उनीहरूले खेलिरहेको खालबाट एकमुष्ट रुपमा जम्मा नगद २ लाख ३८ हजार  ४० रुपैया, भारतीय नगद १० हजार १० रूपैया र तासका पत्तिहरु २०८ थान सहित बरामद गरी जुवा तास खेलिरहेका उनीहरुलाई नियन्त्रणमा लिई उनीहरु उपर जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन
कार्यालयबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको तनहुँ प्ररीले जानकारी दिएकाे हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.