भाइद्वारा दाजुको हत्या

रिपोर्ट नेपाल | 2021 Sep 07 | 03:59 pm 2381

झापा, भदाै २२ः इलाका प्रहरी कार्यालय अनारमनीले दाईको हत्या गरेको आरोपमा ३८ वर्षीय रतनलाल राजवंशीलाई पक्राउ गरेको छ । प्रहरीले बिर्तामोड–४ पुरानो भद्रपुर रोडमा डेरा गरि बस्ने कचनकवलका भात्रु राजवंशी आइतवार विहान मृत फेला परेपछि भाईको खोजी सुरु गरेको थियो । उनलाई आइतवार राती ज्यामिरगढीबाट पक्राउ गरिएको हो । भात्रु बिर्तामोडमा अटो चलाउदै बसेका थिए ।

शनिवार राति १२ बजे दाजुभाइको सामान्य विवाद भएको भाइ रतनलालको भनाई छ । उनले प्रहरी समक्ष दाइको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएका छन् । मृत फेला परेको सूचना पाउनासाथ प्रहरी राजवंशीको डेरा पुगेको थियो । मृतकका छोराले काकाले आफ्नो बुबाको हत्या गरेको सूचना दिएपछि उनको खोजीमा प्रहरी लागेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.