अछाम क्षेत्र नम्बर २ को सभापतिमा धामीको उम्मेदवारी

रिपोर्ट नेपाल | 2021 Sep 07 | 07:59 am 3049

काठमाडौ, भदौ २१ः नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत देशका अधिकांश  वडा कार्यसमितिका वडा अधिवेशन हरु सम्पन्न भइसकेको छ ।

अछाममा पनि महाधिवेशनको रौनक चलिरहेको बेला नेपाली काङ्ग्रेसका युवा नेता टंक बहादुर धामीले अछाम क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

नेपाली काङ्ग्रेस अछामका क्षेत्रीय सचिव ,प्रदेश सभा   (क ) सभापति पन्चदेवल बहुमुखी क्याम्पस उप  प्रशासक, रेडियो पन्चदेवल एफएमका कार्यकारी निर्देशक हुँदै विभिन्न क्षेत्रमा रहि काम गर्दै आइरहेका  धामीले १४ औं महाधिवेशन अन्तर्गत क्षेत्र नम्बर २ काे क्षेत्रीय सभापतिमा  दाबी गरेका हुन् ।

संगठन लाई जनता, कार्यकर्ता मुखी , बलियो र चलायमान बनाउनका लागी आफू सभापति लड्न लागेको धामिले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.