बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

| 2021 Sep 06 | 04:18 pm 2213

काठमाडाैं, भदाै २१ः बैंकिङ् कसूर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं.-१२ सिमपानी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं.१६ माछापोखरी बस्ने वर्ष ५६ को शिवराम गजुरेल रहेका छन् ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी हाम्रो विकास बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट मिति २०७८।०३।२८ गते निज प्रतिवादीको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम ७ दिन कैद र रू.१३ लाख ५० हजार जरिवाना ठहर भएकोमा यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले निज प्रतिबादीलाई बालाजु शेषमतीपुल, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.