काठमाडौँ, भदाै २१ः काठमाडौँमा यस वर्षकै सबैभन्दा ठूलो वर्षा भएको छ । गएराति २ बजेदेखि काठमाडाैं उपत्यकाका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी परेको छ । वर्षाका कारण काठमाडौँको विष्णुमती, बागमती, रूद्रमती(धाेबी) खाेलामा बाढी आएको छ ।
भारी वर्षातका कारण उपत्यकामा रहेका खाेलाहरूमा बाढी आएका कारण उक्त खाेला आसपासका क्षेत्र डुबानमा परेकाे प्रहरीले जानकारी दिएकाे हाे । अहिलेसम्म वर्षा भइ रहेका कारण खाेला छेउछाउ बसाेबास गरेका मानिसहरूलाइ सतर्कता अपनाउन जानकारी गराइएकाे छ ।
मौसमविद् मिनकुमार अर्यालका अनुसार काठमाडाैंमा पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको छ । मनसुनी न्यून चापीय रेखा सामान्य अवस्था भन्दा तल रहे पनि बङ्गालको उत्तर पूर्वी भू–भागमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले स्थानीय वायुको समेत विकास हुँदा मेघगर्जनसहित ठूलो पानी परेको मौसमविद्ले जानकारी दिएका छन् । भारी वर्षका कारण काठमाडौँको विष्णुमतीमा बाढी आएको छ ।