कठमाडौं, भदौ २०ः राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गते दिउँसाे ४ बजेका लागि संघीय संसदका दुबै सदनको बैठक आह्वान गरेकी छन् ।
शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेकाे साेही अनुसार सो अधिवेशन आव्हान गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।