जीप दुर्घटनामा एकको मृत्यु, दश घाइते, तीनजना गम्भीर

| 2021 Sep 04 | 07:58 am 1445

अर्घाखाँची,भदौ १९ः काठमाडौबाट अर्घाखाँची आउदै गरेको बा ३ ख ८६३९ नम्वरको हाइस (जीप्) सनिवार विहान दुर्घटना भएको छ । अर्घाखाँचीको सीतगंगा नगरपालिका वाडनम्वर ३ बरबोटमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि अन्दाजि २९ वर्षको एक पुरूषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । १० जना घाइते भएका छन् । घाइते मध्ये चार जना गम्भीर रहेको प्रहरी नायव उपरीक्षक अम्मर थापाले जानकारी दिए ।

घाइतेको ठाडा स्वास्थ्य केन्द्रमा उपचार भईरहेको जनाइएको छ । घाईते हुनेमा सनपा ११ का समीक्षा शाह, सनपा २ कि सीता मुखिया, मालारानी ५ का गंगाबहादुर पन्थि, सनपा १ का श्यामबहादुर नेपाली, सनपा १२ का गोविन्द बस्याल, सप्तरी जिल्लाका रोहित कुमार शाह, भूनपा १ का लोक बहादुर नेपाली र भुनपा ८ का केशव खत्री रहेका छन् ।

दुर्घटनामा हाइस चालक सुदन रायमाझी र सहचालक धारापानीका टेकराज बन्जाडेको अवस्था सामान्य रहेको जनाईएको छ ।
गम्भिर घाईते लोकबहादुर नेपाली र गोविन्द बस्याल दुईजनाको बुटवल रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.