अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

रिपोर्ट नेपाल | 2021 Sep 03 | 02:27 pm 2329

चितवन, भदाै १८ः नारायणगढ–मुग्लिन सडकखण्डमा लेदोसहितको पहिरो खस्दा  अवरुद्ध सडक सुचारु भएको छ ।

शुक्रबार बिहान ८ बजे नारायणगढ–मुग्लिङ सडक खण्डको इच्छाकामना गाउँपालिका–६ पाँच किलो र मुग्लिङ–काठमाण्डौ सडक खण्डको इच्छाकामना गाउँपालिका–५ घोप्टेभिरमा लेदो सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको सडक १०ः१० बजेबाट दुवैतर्फ सुचारु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार  पहिरो पन्छाउने काम सम्पन्न भएको र सडकमा सवारी चल्न थालेको छ । पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.