कायममुकायम प्रधान सेनापति र ईजरायली राजदूतबीच भेटवार्ता

रिपोर्ट नेपाल | 2021 Sep 01 | 07:50 pm 3217

काठमाडाैं, भदाै १६ः बुधबार कायममुकायम प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र ईजरायलका महामहिम राजदुत His Excellency Mr. Hanan Goder बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.