मुगु, भदौ १३ः जिल्लाको खत्याड गाउँपालिकामा अपाङ्ग भएका व्यक्तिहरुलाई विभिन्न किसिमका आवश्यक सामाग्री सहयोग गरिएको छ ।

उक्त सामाग्री समाजसेवी अनिल बानियाको पहलमा राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाजद्वारा उपलब्ध गराइएको हाे ।

सो सामाग्री वितरण तथा हस्तान्तरण कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान प्रमुख डिलबहादुर चौधरी, शीर्ष राजनीतिक दलका नेता, शिक्षक, बुद्धिजिवी, समाजसेवी, गाउँपालिकाका पदाधिकारी तथा सम्पूर्ण वडाका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।

वितरण गरिएको सामाग्रीहरुमा ११ वटा सेतो छडी, २२ वटा ह्वील चियर, १२ वटा बौसाखी र ४ वटा वाकर रहेको छ । उक्त सामाग्रीको मुल्य करिब ३० लाख बराबरको रहेको समाजसेवी बानियाले रिपोर्ट नेपाललाई जानकारी दिए । साथै ३० बोरा चामल मिराई ग्लोबल एजुकेशन एण्ड भिजा सर्भिस र सिआइएल काठमाडाैंले सहयाेग गरेकाे बानियाले बताए ।

बानियाले यस अघि पनि देशका धेरै स्थानहरुमा विभिन्न किसिमका आवश्यक सामाग्री जुटाएर वितरण तथा हस्तान्तरण गरी आफ्नो सामाजिक दायित्व पूरा गरेका छन् ।

गत वर्षको लकडाउनमा पनि चर्चित हास्य कलाकार सुलेमान शंकर (ईकु)ले मुलपानी स्थित संचालन गरेको असहाय बाल गृहलाई आवश्यक खाद्यन्न उपलब्ध गराएका थिए ।

दोस्रो पटकको लकडाउनमा पनि उनले आफ्नै गृह जिल्लामा रहेको स्वास्थ्य केन्द्रहरुमा कोरोना संक्रमितहरुका लागि आवश्यक पर्ने अक्सिजन जस्ता अति आवश्यकीय सामाग्री विभिन्न संस्थाहरुको सहयोग र सहकार्यमा उपलब्ध गरी वितरण गरेका थिए ।

यस्ता किसिमको सामाजिक कार्यको लागि समाजसेवी बानिया आफू भोक, तिर्खा, निन्द्रा, दुःख, कष्ट भोगरै भएपनि समाजका निम्ति लागीपर्ने बताएका छन् ।

यसरी वितरण गरिएको सामाग्री पाएपछि लक्षित वर्गका व्यक्तिहरु खुसी हुँदै उनलाई धन्यवाद दिने गरेका छन् । जसका कारणले समाजसेवी बानियालाई यस्ता किसिमको कार्य गर्न अझ उत्प्रेरणा मिलेको बताउँछन् ।