पत्रकार नकुल अर्याललाई पितृशाेक

रिपोर्ट नेपाल | 2021 Aug 29 | 09:35 am 1749

काठमाडौं,  भदौ १३ः नेपाल प्रेस यूनियन काठमाडौं शाखाका पूर्व अध्यक्ष पत्रकार नकुल अर्याललाई पितृ शोक परेको छ। काठमाडौं नेपाल प्रहरी अस्पताल महाराजगन्जमा ७२ वर्षीय दुर्गादत्त अर्यालको शनिवार साँझ निधन भएको हो।

लामो समयदेखि मृगौला रोगबाट पीडीत अर्यालको चारदिन देखि आइसियुमा राखेर उपचार गर्नेछ क्रममा निधन भएको हो।

अर्यालका छोरा पत्रकार नकुल अर्यालका अनुसार चार वर्षदेखि डाइलोसिस गरिदै आएका अर्यालको आइतबार विहान साढे एघार बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको परिवार स्रोतले बताएको छ।स्वर्गीय अर्यालका एक श्रीमती ,६ छोरा र तीन छोरी रहेका छन्।

 

 

 

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.