पश्चिम नवलपरासी, भदाै ११ः जिल्लाको पालिनन्दन गाउँपालिका ३ बेलासपुरस्थित झरही खोलाको बहाव बढेर गण्डक नहरमा पसेपछि सो नहरको बहावले बगाउँदै गरेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।
उद्धार हुनेमा सोही ठाउँ बस्ने ४८ वर्षीय अजित अन्सारी, २५ वर्षीय शैलेश गुप्ता र २३ वर्षीय थेरज देवान रहेका छन् । उनीहरूलाई सो नहरले बगाउँदै गरेको अवस्थामा सकुशल उद्वार गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीको कमाण्माड खटिएको विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले बोटको प्रयोग गरी उनीहरुलाई बगाएको स्थानदेखि करीव ५ सय मिटर तलबाट सकुशल उद्वार गरेको हो ।
शिवगंगा नदिको बीच टापुमा फसेका दुई जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार
कैलाली जिल्लाको गौरीगंगा नगरपालिका ३ स्थित शिवगंगा नदिनको बीच टापुमा फसेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।
सोही ठाउँको कुचौनी बस्ने २२ वर्षीय राजाराम सापकोटा र १८ वर्षीया आरती सापकोटा घाँस काट्न गएकोमा पानीको बहाव पढ्न गई उक्त नदिको बीच टापुमा फसेका थिए ।
सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्व गण कैलालीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम रावलको कमाण्डमा खटिएको विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्वार गरेको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले बताए ।