नेपाली सेनाको बख्तरबन्द गाडिहरुको Road Driving अभ्यास

रिपोर्ट नेपाल | 2021 Aug 24 | 07:08 pm 3241

काठमाडाैं, भदाै ८ः नेपाली सेनाको मेकानाईज्ड युनिटहरुबाट बख्तरबन्द गाडीहरु Armored Personal Carrier (APC) र Mine Protected Vehicle (MPV) मा सकलदर्जाहरुको Driving Skill अभिवृद्धि गर्न तथा उक्त गाडीहरुको Operational Readiness लाई कायम राख्‍नको निमित्त स्थानिय प्रशासन र प्रहरीसंगको समन्वयमा आवश्यकता अनुसार Road Driving अभ्यास सञ्चालन गर्ने बताइएकाे छ ।

सोही क्रममा सितापाईलामा तैनाथ गण तथा इटहरी, महोत्तरी, मकवानपुर, तनहुँ, बुटवल, नेपालगंज र धनगढीमा तैनाथ गुल्महरुले विभिन्‍न मितिहरुमा उक्त अभ्यास सञ्चालन गर्ने योजना रहेको जनाएकाे छ ।

उक्त अभ्यासहरुको संशोधित मिति र रुट योजना सम्बन्धमा www.nepalarmy.mil.np मा हेर्न सकिने  जानकारी गराईएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.