काठमाडौँ भाद्र १ : आजको क्याबिनेट बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको छ। सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि माधव कुमार नेपाल, नेताहरुलाई आफ्नो पक्षमा ल्याउन छलफलमा जुटेका छन्।
नयाँ व्यवस्थासहितको अध्यादेशपछि जसपाको महन्थ ठाकुर समूहलाई सबैभन्दा धेरै राहत हुनेछ । ठाकुरलगायतका जसपा नेता शरदसिंह भण्डारी र लक्ष्मणलाल कर्णले आज बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग सोही विषयमा लामो छलफल गरेका थिए ।
क्याबिनेट बैठकले राजनीतिक दलसम्बन्धी ऐनको मौजुदा प्रावधानमा संशोधन गरी अध्यादेश जारी गरेको हो । बैठकमा कानुन मन्त्रलायका सचिव उदयराज सापकोटालाई समेत बोलाइएको थियो ।
अध्यादेशमा राजनीतिक दलको केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।