प्रधानमन्त्री देउवाद्धवारा भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना

| 2021 Aug 15 | 06:11 pm 1905

काठमाडौं साउन ३१ : भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना दिएका हुन् । प्रधानमन्त्री  देउवाले प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकारलाई उत्तरोत्तर प्रगती र समृद्धिको लागि सामाजिक सञ्जालमा शुभकामना लेखेका छन् ।

दिवसको अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले पनि विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.