लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न गरिएको माग आज हेर्न नभ्याइनेमा

| 2021 Aug 10 | 06:31 pm 2141

काठमाडौँ साउन २६: लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर गरिएको रिट मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा आज सुनुवाइका लागि रिटको पेसी तोकिएको थियो। तर, सर्वोच्चले ‘हेर्न नभ्याइने’ मा राखेको हो।

अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल हुनेछ। अधिवेशन रोक्नुपर्ने मागसहित एमाले सांसद लीला गिरी सर्वोच्च पुगेका हुन्।

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाइने भन्दै रिट दायर गरेका थिए।

लुम्बिनी प्रदेशका विपक्षी सांसदहरुले आफूहरु बहुमतमा रहेको र वर्तमान सरकार अल्पमतमा रहेको बताउँदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.